Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

फरार अभियूक्त पक्राउ

दैलेख ःदैलेख जिल्लाको नौमूले गाउँपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कर्तब्य ज्यान मुद्धामा फरार १ जनालाई नौमुले प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएको छ । नौमुले गाउँपालिका वडा नं. ३ द्धारीका गगन बहादुर पुन मगरको छोरा ५८ बर्षका हरीलाल पुन मगरलाई २०७१÷०८÷२१ गते जिल्ला अदालतले फैसला गरे पनि उनि हाल सम्म फरार रहेको र उनलाई फरार रहेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्टले जानकारी दिएका छन् । उनका अनुसार सोमबार इलाका प्रहरी कार्यालय नौमुले दैलेखबाट प्रहरी टोली खटिई गई खोजतलास गर्दा निज अभियुक्तलाई घर वतनमा फेला पारी पक्राउ गरी कैद भुक्तानीको लागी जिल्ला अदालत दैलेखमा उपस्थित गराईए को छ ।

समाचार