बालबालिकाका आवाज र रोजाइ सम्बन्धि अन्तरक्रिया
जाजरकोट ः जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं. २ को मजेरीमा बालबालिकाका आवाज र रोजाइ सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग छेडागाड नगरपालिकाको साझेदारी र पाँचतारा युवा संरक्षन मंच को आयोजना कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं. २ का सदस्य सर्मे बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बाल बालीकाको रोजाइ उनिहरुका अभिभावकले छोराछोरी माथी गरेको सामान व्यबहार र लैगिङ विभेद समम्वन्धी अन्तरक्रिया सम्पन्न भएको हो शंकर स्थान आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सामाजिक परिचालन अधिकृत दत्त प्रसाद शर्माले गरेका थिए ।




