ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यू
दैलेख ः सुर्खेतबाट डाँडीमाडीका लागि खाद्यन्न बोकेको ट्रयाक्टर दुल्लू नगरपालिका–४ कालेखोलामा आज विहान दुर्घटना हुँदा ठाँटीकाँध गाउँपालिका–१ लकान्द्रका २७ वर्षीय सहचालक दिनेश शाहीको ज्यान गएको प्रहरीले जनाएको छ ।
भे १ त ७४८१ नम्वरको ट्रयाक्टर सडक भन्दा तल खसेको र खाद्यन्न बस्तुहरु पनि असरल्ल परेको सूचनाका आधार घटनास्थल पुगेको प्रहरीले सहचालक शाहीलाई मृत फेला पारेको इलाका प्रहरी कार्यालय दुल्लूका इञ्चार्ज प्रहरी निरीक्षक खिमबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनापछि चालक फरार भएको हुन सक्ने अनुमान गरिएको तर चालकको परिचय खुल्न बाँकी रहेको प्रहरी निरीक्षक खड्काले बताए । दुर्घटना के कति कारणले भयो भन्ने घटनाको अनुसन्धान थालिएको नले जानकारी दिएका छन् ।




