Loading... आजः २०८२, ४ असार बुधबार

लागुऔषध सहित युवक पक्राउ

दैलेख ः दैलेखमा लागु औषध सहित एक जना युवक पक्राउ परेका छन् । लागु औषध (नाइट्राभेट) ट्याब्लेट सहित युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मुगूम कार्मारोङ गाउँपालिका मुगुका २३ बर्षीया सोनम लामा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । उनि दैलेखको आठबीस नगरपालिका–६ खिड्किजिउलाबाट पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय राकमकर्णालीबाट प्रहरीको टोलीले शंकास्पद अवस्थामा हिदीरहेको लामालाई खानतलासी गर्दा उनको साथबाट लागुऔषध (नाइट्राभेट) १२ ट्याब्लेट फेला पारेको थियो । पक्राउ परेका लामालाई (लागुऔषध मुद्धा)मा दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।