Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

रुढीबादी परम्परा तोड्दै महिलाहरु पनि जान थाले मलामी

जितेन्द्र थापा
दैलेख ःपृतिसतात्मक सोच भएको हाम्रो समाजमा मान्छे मर्दा पुरुष मात्र मलामी जानुपर्छ महिलाहरु जानुहुदैन भन्ने पृतिसतात्मक, रुढीबादी सोच थियो गाउँमा कोही मर्दा महिलाहरु मलामि जादैनथे र उनिहरुलाइ आर्यघाटमा अन्तिम दाहसंस्कार गर्दा नजिकबाट हेर्न समेत मिल्दैन भन्ने परम्परा थियो अहिले त्यो सोच हट्दै गएको छ र महिलाहरु पनि मान्छे मर्दा मलामी जान थालेका छन

। गत साता दैलेखको ठाटिकाध गाउपालिका दुइ कि ७९ वर्षको एक विद्धाको मृत्यु भएर दाहसंस्कार गर्न लैजादा थुप्रै महिलाहरु मलामी भएर गएको ठाटिकाध गाउँपालिका वडा दुइका अनाम थापाले बताए उनले भने बिस्तारै बिस्तारै हाम्रो समाज परिवर्तन हुदैछ पुरानो सोच हट्दै गएको छ यस्तो रुढीबादी सोचलाइ जरैबाट उखेल्नु पर्छ र यस्मा अहिलेको नयाँ पुस्ताको भुमिका धेरै रहेको रहेको छ र नयाँ पुस्ता लागी पर्नुपर्छ ।
पहिले हाम्रो समाजमा पुरुषले मात्र मलामी जानुपर्छ महिलाहरूले जानु हुदैन र महिलाहरूले घरमै बसेर आगन लिपपोत मात्र गर्नुपर्छ भन्ने हाम्रो पुरानो,रुढीबादी सोच भएको हाम्रो समाजमा मान्छे मर्दा महिलाहरू पनि मलामी हुनुपर्छ भनेर आफु आएको आफ्नो हजुरआमाको मलामी भएर आएको मिम बुढाले बताइन ।
मान्छे मर्दा महिलाहरु मलामी जान पाउछन भनेर गरुढ पुराणमै उल्लेख छ तर महिलाहरुको मनोबल नै कमजोर हुने भएकाले श्रीमान श्रीमती ,आमाबुबा ,आफन्त मर्दा महिलाहरु आत्महत्या गर्दिनेहुनकी भनेर हाम्रो समाजले नै आउन नदिएको ब्राह्मण चेतन प्रसाद रेग्मिले बताए ।
जहिले, जहाँ र जुनसुकै काममा महिलाले गर्न सक्दैनन् महिलाको मनोबल कमजोर हुन्छ भन्ने हाम्रो रुढीबादी र पृतिसतात्मक हाम्रो समाजमा अब महिलाहरु सधै कमजोर र मनोबल कम हुन्छ भनेर चुलोचौकोमा मात्र सिमित नरहेर त्यो रुढीबादी र पृतिसतात्मक सोचलाइ तोड्दै आफ्नो ठुलीआमाको मलामी भएर आएको शितला थापाले बताइन् ।

समाचार