Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

अब बजार क्षेत्रमा मनलाग्दी बिरोधका कार्यक्रम गर्ने नपाइने(सुचना सहित )

दैलेख ः जिल्ला प्रशासन कार्यालय दैलेखले प्रदर्शन गर्ने क्षेत्र तोकेको छ । मनलाग्दी क्षेत्रमा गरिने प्रदर्शनले समस्या भएको भन्दै दैलेख सदरमुकामको अब बजार क्षेत्रमा मनलाग्दी बिरोधका कार्यक्रम गर्ने नपाइने भएको हो मनलाग्दी विरोधका कार्यक्रम गर्ने प्रबृतिको बढ्वा भएको भन्दै अब दैलख बजाको दुई स्थान मात्र विरोधका कार्यक्रम गर्नुपर्ने भएका छ
जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले सदरमुकामको हकमा काँडाचौर र टुँडीखेलमा मात्रै विरोध, जुलुस तथा प्रदर्शन गर्न निर्देशन दिएको छ ।
गृह प्रशासन सुधार मार्गचित्र–२०७४ को बुँदा ३० मा भएको व्यवस्थाअनुसार अन्य क्षेत्रमा प्रदर्शन गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए । ०७५ बैशाख ३ गतेको बैठकले नै विरोध, जुलुस तथा प्रदर्शन लागि जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरिसकेकोले अबदेखि हुने गतिविधिहरु तीनै क्षेत्रहरुमा सञ्चालन गर्न उनको आग्रह छ ।

समाचार