Loading... आजः २०८२, २९ पुष मंगलवार

दैलेख जेसिज २०२१को अध्यक्षमा धुर्व बिक्रम थापा

दैलेखः दैलेख जेसिजको अध्यक्षमा धुर्व बिक्रम थापा सर्वसम्मत चयन भएका छन् । दैलेख जेसिजको २३ औ जिल्ला अधिबेशनबाट थापा सर्वसम्वत रूपमा चयन भएका हुन् ।
दैलेख जेसिजले जिल्लाको सदरमुकामका आयोजना गरेको भेलामा अध्यक्ष थापा लगायत नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरेको छ । जसमा कार्यकारिणि उपाध्यक्षहरूमा दुर्गा प्रसाद न्यौपाने, रमा थापा रहेका छन। यस्तै मनोनित महासचिवमा भिम सिजापति, कानुनी सल्लाहकारमा चेतन थापा, कोषाध्यक्षमा टोपेन्द्र थापा रहेका छन् । तेस्तै उपाध्यक्षहरूमा मिना थापा, सुवास थापा, गणेश प्रसाद कोईराला र देवेन्द्र आचार्य रहेका छन् । जेसिजको एक ब्यक्ति एक पद एक बर्ष भन्ने अबधारणा अनुसार दुई कार्यकाल पदभार सम्हालेको राष्ट्रिय महाधिबेशनमा कम्तिमा एक पटक सहभागिता जनाएको ब्यक्ति मात्र बर्ष जेसिज हुन पाउने प्रावधान रहेको बर्ष २०२० का अध्यक्ष प्रकास पौडेलले बताए।
आफुले जिम्मेवारी पाएसङ्गै जिल्लामा जेसिजलाई थप चलायमान बनाउन ४० बर्ष मुनिका युवा साथिहरूलाई ब्यक्तिगत र नेतृत्व बिकासमा आफु कटिबद्द भयर लाग्ने कुरा अध्यक्ष थापाले बताएका छन् । कार्यक्रम बर्ष २०२० का अध्यक्ष जेसि प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जेसिजका पुर्व अध्यक्षहरू, प्रेसयुनियन दैलेखका सभापति भुपेन्द्र शाही लगायतका ब्यक्तिहरूको उपस्थितिमा सम्पन्न भएको जानकारी दैलेख जेसिजले दिएको छ ।