भैरवीमा ३ दिने आई.सी.टी. सम्बन्धी तालिम

सोमबारबाट संचालन भएको तालिम भैरबी गाउँपालिकाको वडा नं. ५ मा रहेको श्री हिमायल मा.वि. डाँडीमाडीमा सञ्चालन भएको छ । भैरबी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाको अध्यक्षतामा सुरु भएको तालिममा ४४ विद्यालयका प्रधानाध्यापक तथा कम्प्युटर अपरेटर गरी ५१ जनाकाे सहभागिता रहेको भैरबी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दिपक कुमार खनालले जानकारी दिएका छन् ।
तालिम सञ्चालनमा दक्ष जनशक्ति नभएमा राज्यले निर्धारण गरेको उद्देश्य पुराहुन नसक्ने र त्यस कारण अहिलेको युगमा प्रविधिलाई छुटाउन नहुने र ज्ञान जन्मे देखि मृत्यु सम्म पनि नसकिने हुँदा विशेष गरी विद्यालयको शैक्षिक स्तर बृद्धि तथा विद्यालयमा हुने विभिन्न प्रशासनिक कामकाज गर्न सजिलो होस भन्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरेको भैरबी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले बताएको छ ।
भैरवीगाउँपालिका सुचना अधिकृत सन्दिप बुढा प्रशिक्षक तथा सहायक प्रशिक्षक हिमालय माध्यमिक विद्यालयका कम्प्युटर अपरेटर मिलन आचार्यरहेको तालिममा अथिति भैरबी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगेनी, भैरबी गाउँपालिका कि उपाध्यक्ष पदम कुमारी विष्ट, हिमालय मा.वि. डाँडीमाडी का निमित्त प्रधानाध्यापक माधव तिमिल्सेना सम्मेत उद्घाटन कार्यक्रममा उपस्थित भएका छन् ।








