घाँस काट्न गएका एक पुरुषको मृत्यु
दैलेख ः दैलेख जिल्लाको पश्चिमा पर्ने आठविस नगरपालिकाका एक जना पुरुषको मृत्यु भएको छ ।
जंगलमा घाँस काट्न गएका आठबीस नगरपालिका–३ निमाईलीका ५८ बर्षीया एबने बडुवाल मंगलवार घरबाट घाँस काट्न भनि जंगल हिडेको र घाँस काट्न गएका बडुवाल लामो समय सम्म घर नफर्किएपछि खोजी कार्य थालिएका थियो ।
खोजीका क्रममा उनको घर देखि एक किलोमिटर पूर्व निमाली खोला भिरमा घाइते अवस्तामा फेला परे पछी उनको उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाउने क्रममा बुधवार विहान बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।








