प्रकोप जोखिम न्यूनीकरण र ब्यबस्थापन तथा जलबायु परिबर्तन कार्यशाला गोष्ठी सम्पन्न
दैलेख ः सामुदायिक बन उपभोक्ता महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष भिम प्रकाश खड्काले सामुदायिक वनले मन ठूलो बनाएर सहकार्य सहमतिको आधारमा श्रोत खोजि आफ्नो काम आफै गर्नुपर्छ भनेका छन् ।
विहीबार दुल्लू नगरपालिकामा प्रकोप जोखिम न्यूनीकरण र ब्यबस्थापन तथा जलबायु परिबर्तन अनुकुलन सम्बन्धि सामुदायिक वन उपभोक्ता समुहको क्षमताको सबलिकरण प्रारम्भिक कार्यशाला गोष्ठीमा सो कुरा बताएका हुन् ।
दुल्लु नगरपालिकाका सामुदायिक वनका प्रतिनिधि, सब डिभिजन वन कार्यलय दुल्लु, दुल्लु नगरपालिका, सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सहभागितामा विहीबार कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक बन जिल्ला महासघ दैलेखका अध्यक्ष मनिराम शर्माको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथी केन्द्रीय उपाध्यक्ष भिम प्रकाश खड्का, बिशेष अतिथी नगरप्रमुख घनश्याम भण्डारी, उपप्रमुख बिष्णु थापा लगायत ले कार्यक्रममा वन क्षेत्रको बिकास र बिस्तारका लागी भएका अवसर, समस्या र चुनौतीको बिषयमा छलफल गरेका हुन ।

पन्चकोशी बहुप्राबिधिक शिक्षालय दुल्लुले डिप्लोमा इन बन बिज्ञानको पढाई सुरु गरेकोले अब बन क्षेत्रको संरक्षणमा टेवा पुग्ने नगरप्रमुख घनश्याम भण्डारीले बताए ।
निजि वन ब्यबस्थापनमा समस्या रहेको नगर उप–प्रमुख बिष्णु थापाको धारण थियो । उनले भने “बिकासको क्रममा सडक निर्माणले वनको विनास, बाताबरण र पर्यावरणमा असर गरेको भन्दै यस तर्फ सरोकारवाला जिम्मेवार हुनुपर्दछ । साथै स्थानीय वन ऐनको कार्यान्वयनको माध्यमले गरिबी निबारण र बाताबरण संरक्षणमा टेवा पुर्याउन सबैको भुमिका रहने छ ।”
