Loading... आजः २०८२, ३२ जेष्ठ शनिबार

जेष्ठ नागरिकलाई सम्मान

दैलेख । जिल्लाको दुल्लू नगरपालिकाले जेष्ठ नागरीकलाई सम्मान गरेको छ । शनिबार दुल्लू नगरपालिका वडा नं. ५ का ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

वडा कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेर वडाभित्र रहेका १ सय २५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको बताउँदै वडा अध्यक्ष प्रेम बहादुर थापाले चिसोमा जेष्ठनागरिकका लागि सिलिपिङ ब्याग वितरण गरिएको भताए ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले अब नगरपालिकाले समाजका सम्पती बृद्ध–बृद्धा जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गरिने बताए ।

मानवताको बिकासका लागि जेष्ठ नागरिकको सम्मान गर्नु सबैको साझा दाहित्व भएको धारणा उनले राखे । शनिबार ९६ वर्षिया टिका जैसी ९२ वर्षिया जुनकला शाही लगायतलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । उक्त कार्यक्रमका विशेष अतिथि भरत प्रसाद रिजाल, टंक प्रसाद रिमाल लगाएतले आफ्नो धारणा राखेका थिए ।