Loading... आजः २०८३, २८ जेष्ठ बिहीबार

दैलेखमा वडासदस्यद्वारा बलात्कारको प्रयास

दैलेख ः दुल्लू नगरपालिकामा एक जना वडा सदस्यद्धारा बलात्कारको प्रयास भएको छ । उनलाई गाउँकै एक महिला माथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको छ । दुल्लू नगरपालिका–५ का वडासदस्य प्रकाश पोखरेललाई बलात्कार गरेको आरोममा प्रहरीले हिरासतमा लिएको छ ।
रातिको समयमा महिलाको घरमा गई जबरजस्ती ढोका खोलेर बलात्कारको प्रयास गरेको पीडित पक्षको आरोप छ । महिलाको श्रीमान मजदूरीका भारतमा रहेका र रातिमा उनको कोठामा वडा सदस्य आएको थाहा पाए पछि पोखरेललाई स्थानीयले नियन्त्रणमा लिई राति नै इलाका प्रहरी कार्यालय दुल्लूमा बुझाएको स्थानियले बताए ।
बलात्कारको प्रयास गर्ने वडासदस्यका आफन्तले पीडित पक्षलाई दुल्लूको एक होटलमा दिनभर रोकेर उजुरी दिन अवरोध पु¥याएको बुझिएको छ । मुद्दा रोक्नको लागि छलफल भइरहेको ठाउँबाट पीडितलाई संरक्षण गरेर शुक्रबार साँझ प्रहरीले दैलेख सदरमुकाम ल्याई पु¥याएको र बाँकी अनुसन्धान सुरु भएको दैलेखका प्रहरी नायव उपरिवेक्षक (डिएसपी) अनुपम श्रेष्ठले बताए ।
पडितलाई अलमल्याउन खोजेको सुचना पाएसंगै प्रहरी प्रमुख कहाँ पुगेकी महिला सशक्तिकरण मञ्च दैलेखका उपाध्यक्ष सविना बिकले पद र प्रभावका आधारमा पीडितलाई उजुरी दिनबाट रोक्नु गम्भीर अपराध भएको टिप्पणी गर्दै उजुरी रोक्नेहरुको दुष्प्रयासलाई विफल बनाएकोमा उपाध्यक्ष बिकले प्रहरीको प्रशंसा गरिन् ।

 

समाचार

सम्बन्धित समाचार