वडा स्तरीय कृषि तथा पशुपंछी कृषक समिति गठन
दैलेख ः दैलेखको दुल्लू नगरापलिका कृषि विकास शाखा तथा पशुपंक्षी शाखाले नगरका १३ वटै वडाहरुमा वडा स्तरीय कृषि तथा पशुपंक्षी कृषक समुन्वय समिति गठन गरेको छ ।
नगरपालिकाको कृषि विकास तथा पशुपंक्षी विकास शाखाले आर्थिक बर्ष २०७७÷०७८मा प्रत्यक वडाहरुमा १३÷१३ वटा वडा स्तरीय कृषि तथा पशुपंक्षी समुन्वय समिति गठन गरेको हो ।
दुल्लू नगरपालिका भित्रका १३ वटै वडाहरुमा गठित समितिले अव दुल्लु नगरपालिका कृषि विकास शाखा तथा पशुपंक्षी शाखाले दिने सेवा सुविधालाई प्रत्यक्ष कृषकहरुका विचमा राख्ने छन् । कृषकलाई हुने समस्यालार्ई मध्यनजर गर्दै कस्ता कृषकलाई कस्ता खालका समस्या आउँछन त्यसको निगरानी राख्दै कृषि शाखालाई त्यसको रिपोटिङ्ग गर्ने छन् । कृषकका समस्यालाई पहिचान गरी यस्ता समस्याको सामाधान गर्न हरेक कृषकलाई सघाउ पु¥याउने उद्देश्यले दुल्लुका १देखि १३ वटै वडामा समिति गठन गरिएको र एउटा समितिमा वडामा १३ जनालाई समेटिएको नगरपालिका पशुपंक्षी विकास शाखाले जनाएको छ ।
वडा स्तरका समितिले किसानका तथ्याङ्क संकलन गर्ने, कृषि विकास तथा पशुपंक्षी शाखाबाट संचालित कार्यक्रको सुचना प्रभाह गर्ने, कृषक र कृषि शाखा संग समुन्वयको भुमिका निर्वाह गर्नेछ ।
गाउँमा छरीएर रहेका कृषकका समस्या, गुनासो तथा उनिहरुका अधिकार संग प्रत्यक्ष निगरानी कृषि विकास तथा पशुपंक्षी शाखाबाट मात्र नसकिने भएकाले वडा स्तरमै वडा समिति गठन गरिएको दुल्लू नगरपालिकाका कृषि विकास शाखाका प्राविधिक राजन कुमार विष्टले जानकारी दिए ।
उनका अनुसार किसानका समस्या वडा स्तरबाट आइसकेपछि नगरपालिकामा सामधान गर्ने यदि नगरपालिकामा सामधान हुन नसके कृषि विकास कार्यालय दैलेखमा पठाइने छ । १३ वटै वडामा समिति गठन गर्ने करीब एक महिना लागेको छ । माघ ७ गतेबाट सुरु गरिएको समिति गठन मंगलबार सकिएको छ ।




