Loading... आजः २०८३, २७ जेष्ठ बुधबार

परीक्षा हलमा टिकटक, बनाउने विद्यार्थीको परीक्षा रद्द

राष्ट्रिय परिक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षामा अमर्यादित कार्य गर्ने व्यक्तिहरुलाई कारबाही गरेको छ । बोर्डले परिक्षाको समयमा टिकटक बनाउने र परिक्षाका निरिक्षक र विद्यालयका प्रधानाध्यापकलाई कारबाही गरेको हो ।
बोर्डले कक्षा १२ को बार्षिक परीक्षामा सहभागी दैलेखको कालिका माध्यामिक विद्यालय सिंहासैनका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरेको हो । २०७७ मंसिरमा सञ्चालित कक्षा १२ को बार्षीक परिक्षामा सहभागि शाहीले परीक्षाको मर्यादा विपरित परिक्षाको समयमा भए गरेका कार्यहरुलाई टिकटक बनाई सामाजिक सञ्जालमा राखेका थिए । उनको चालु खण्डको सम्पूर्ण विषयको परिक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।
बोर्डद्धारा जारी सूचनाका अनुसार सोहि विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र विद्यालयका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष चक्रबहादुर शाही पनि कारबाहीमा परेका छन् । उनीहरु दुवैलाई बोर्डबाट सञ्चालन गरिने कुनै पनि परीक्षा सम्बन्धी गतिविधिमा तीन वर्षसम्म सहभागी हुन नपाउने गरी कारबाही गरिएको सूचनामा उल्लेख छ । उनीहरुलाई विभागीय कारबाहीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिश गरिएको बोर्डद्धारा जारी सूचनामा उल्लेख छ ।

समाचार

सम्बन्धित समाचार