Loading... आजः २०८१, २० बैशाख बिहीबार

दुल्लूमा कृषि विकास बैंकको शाखा

दैलेख ः जिल्लाको दुल्लू नगरपालिकामा कृषि विकास बैंकको शाखा स्थापना गरिएको छ ।
मंगलबार कृषि बिकास बैंक लिमिटेडको दुल्लु शाखाको समुद्घाटन गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय र दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले संयुक्त रुपमा उद्घाटन शाखाको उद्घाटन गरेका हुन । कृषि बिकास बैंकको २ सय ८१ औ शाखा को रुपमा विस्तार भएको यो शाखा रहेको छ ।
अर्गानिक उत्पादनको सम्भावना रहेको यो क्षेत्रमा कृषिमा ४० लाख सम्मको ऋण शाखाले २ करोड सम्म प्रदेशले ऋण स्वीकृत गर्ने अधिकार छ । प्रदेश सरकारको र हाम्रो सम्झौताभएको छ २ प्रतिशत मा कृषि कर्जा उपलब्ध गराउछ । दुल्लु शाखामा एटिएम सेवा सुरु हुने भएको छ । असल ग्राहक अन्तरगत दुर्गा थापा र कृष्ण प्रसाद आचायलाई एटिएम कार्ड बितरण भएको छ । दुल्लु शाखाको संरक्षण र ब्याबस्थापनमा दुल्लु नगरपालिकाले जिम्मेवारी लिने नगर प्रमुख घनश्याम भण्डारीले बताएका छन् ।गुठिसमस्याको समाधान मा बैंकलाई जिम्मेवार हुन्ननुरोध गरेको थिए । कृषि बिकास बैंक कर्णाली प्रदेशको प्रमुख घनेन्द्र अधिकारीको अध्यक्षतामा शाखाको उद्घाटन सम्पन्न भएको छ ।