सिकाई एवं अनुभव आर्दान प्रदान कार्यक्रम सम्पन्न
दैलेख ः पहाडि कृषि पारस्पिारिकीय प्रणालीमा पोषण ग्रामिण सेवा प्रदायकको क्षेमता अभिबृद्धि कार्यक्रम अन्तरगत सिकाई एवं अनुभव आर्दान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार जिल्लाका भिभिन्न कार्यालयका कार्यालय प्रमुख, कर्मचारी, मेडियाकर्मी तथा सरोकारवाला संगे अन्तरक्रिया कार्यक्रम भएको हो ।
पहाडी कृषि पारस्पिरिकीय प्रणाली पोषण (एन.एम.ए.) हेल्भेटास नेपालको सहयोगमा सेवक दैलेख आयोजना गरेको कार्यक्रममा महारुप खत्रीले प्रस्तुतिकरण गर्दै जिल्ला भए गरेका पोषणका कामको कारेमा प्रकाश पारेका थिए । कार्यक्रमको अध्यक्षता समेत गरेका खत्रीले कार्यक्रले आज सम्मा गरेका काम कत्र्यब्यको बारेमा जानकारी दिदै पोषण सुधारको लागि आफुहरुले महत्वाका साथ काम गरिरहेको बताएका छन् । यस्तै कार्यक्रमा प्रस्तुति करण गर्दै बागबानी अनुसन्धान केन्द्र दैलेखका केन्द्र प्रमुख डा. बिनोद लुइटेलले पोषण सुरक्षका लागि तरकारी फलफुल एवं रैथाने बालिको भूमिका बारेमा प्रष्टाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद देवकोटाले खानामा पोषणको मात्र बढाउनको लागि अग्रानिक खाना खनुपर्ने बताउदै जब हामी स्वस्थ्थ हुन्छौँ । तब मात्र हामी दैनिक क्रियाकलाप गर्ने सक्ने हुँदा पोषणमा सबैले ध्यान दिनुपर्ने, खाना मिठो होइन स्वस्थ खानुपर्ने धारण राखे ।





