Loading... आजः २०७८ बैशाख २३, बिहीबार

‘कोरोना रोकथाममा सरकारको प्रयास उत्कृष्ठ’

दैलेख ः प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले दैलेखमा सबैको सहयोगमा भएका प्रयासले कोरोना रोकथाम तथा नियन्त्रणमा सघाऊ पुगेको बताएका छन् । कोभिड रोकथामका लागि खोप अभियानबारे जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रतिनीधि सभा सदस्य शर्माले खोपको उचित प्रयोगबाट सरकारले कोरोना रोकथामका लागि प्रयत्न गरेको चर्चा गरे । उनले कोरोना रोकथाममा सरकारको प्रयास उत्कृष्ठ रहेको समेत दाबी गरे ।
सोहि अबसरमा कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले स्थानीय तहका जनप्रतिनिधिहरुको अथक प्रयासले कोरोना रोकथाम र भारतबाट आएका नागरिकहरुको सुरक्षा व्यवस्थापनमा गरेका कामको प्रशंसा गरे ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा नारायण नगरपालिकाका उपमेयर सावित्री मल्ल, दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार र स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले कोभिड भ्याक्सिनको काम तथा अभियानको महत्वबारे प्रकाश पारेका थिए ।