बहु–विवाह मुद्दाको फरार अभियुक्त पक्राउ
दैलेख ः जिल्लाको नारायण नगरपालिका वडा नं. १ का एक जना पक्राउ परेका छन् ।
बहु–विवाह मुद्दामा फरार रहेका नारायण नगरपालिका–१ बस्ने ४८ बर्षिया यादव बहादुर गुरुङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
यादवलाई २०६६ साल असार २ गते बहु–विवाह मुद्धामा फैसला भई १ वर्ष कैद सजाय तोकिएको थियो । उनलाई ११ बर्ष पछि शुक्रबार जिल्ला प्रहरी कार्यलय दैलेखको सुचना का आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत दैलेखमा उपस्थीत गराई जिल्ला कारागार पठाइएको प्रहरीले बताएको छ ।