Loading... आजः २०७८ बैशाख २३, बिहीबार

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल दैलेखको अध्यक्षमाः थापा

दैलेख ः राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल दैलेख शाखाको अध्यक्षमा कमला योगि थापालाई सर्बसम्मत रूपमा चयन गरेको छ । दैलेख सदरमुकाममा आयोजित ब्यबसायिक सौन्दर्यकर्मिहरूको भेलाले थापालाई सर्वसम्मत चयन गरेको हो ।
अध्यध्क्ष थापा लगायत १३ सदस्यि कार्यसमिति सर्वसम्मत चयन गरिएको समितिमा उपाघ्यक्ष हेमा ज्ञवालि, सचिव–सुनिता अधिकारी आर्थिक सचिव–एन्जिला सुनार सदस्य–पुनिता कुमारि यादव,निर्मला शाहि,कृष्णा कुमारि के सि, हरिमाया कटुवाल,शान्ता कुमारि खत्रि,लक्ष्मि तिवारि,मिना कुमारी वुढा,अनिता रेग्मि र सुशिला वि क रहेका छन् ।
सौन्दर्यकर्मि युनियन नेपालले समाजमा केही गरौ भन्ने भावना जागेका बिशेषत युवा बर्गहरू जुन कुनै पेशा ब्यबसायमा आवद्द नभएका त्यस्ता खालका दिदी बहिनिहरूलाई आवश्यक ज्ञान सिपको माध्यमले पेशामा आबद्द गराई रोजगार साथसाथै आयआर्जनको माध्यमबनाई उक्त पेशाप्रति आकर्षण गराई पेशाको हक हितमा लाग्नकालागि युनियन गठन गरिएको हो ।
आफुमा जिल्लामा पहिलो पटक गठन भएको युनियनको अध्यक्षको जिम्मेवारी पायसङ्गै उक्त पेशाका हक हितका बारेमा आफुले आवाज उठाउने र जिल्लामा छरियका रहेका सौन्दर्यकर्मिहरूलाई एक ठाउमा ल्याई पेशालाई थप मजबुद बनाउन आफु लागिपर्ने अध्यक्ष थापाले बताईन् । कार्यक्रम राष्ट्रिय सौन्दर्यकर्मि युनियन नेपालकि केन्द्रीय सदस्य राधा श्रेष्ठ आचार्यको प्रमुख आतित्यथामा सम्पन्न भएको थियो ।
महिलाहरू केवल घरको चुलो–चौकामा सिमित रहनु पर्छ भन्ने पुरूष मानसिकतालाई चिर्दै अवसर पाय रोजगारको सृजन ा गर्ने वातावरण पाए । महिला दिदी बहिनिहरूले पनि केही गर्न सक्छन भन्ने उद्देश्यले युनियन गठन गरिएको र उक्त पेशामा आकर्षण बढाउन र पेशागत हक हितका लागि आफु जहिलेपनि लागेको कुरा केन्द्रीय सदस्य आर्चायले बताईन् ।