Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

९० बर्षमा जन्मदर्ता

दैलेख । भगवतीमाई गाउँपालिका वडा नं. १ की सेतु थापाले ९० बर्षको उम्मेरमा जन्मदर्ता पाएकी छन् । गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका स्थानीय तहलाई १ देखि १६ वैशाखसम्म व्यक्तिगत घटना दर्ता सञ्चालनको निर्देशन दिए पनि दैलेखका केही स्थानीय तहहरूले अभियान सञ्चालन गर्न सकिरहेका छैनन् ।

केन्द्रको निर्देशनलाई पालना गर्दै भगवतीमाई गाउँपालिकाले सूरु गरेको अभियानमा उनले जन्म दर्ता गराएकी हुन् । केन्द्रको दिर्देशन अनुसार बैशाख १ गते बाटै शिविर संचालन गर्नुपर्ने भएपनि जनशक्ती अभावले बैशाख ४ गतेबाट शिविर सुभारम्भ भएको भगवतीमाई गाउँपालिकाका सुचना अधिकारी प्रेमबहादुर खड्काले जानकारी दिएका छन् ।

९० बर्ष सम्म जन्मदर्ता नगराएकी थापाले यस पटक नेपाल सरकारले संचालन सिविरमा उनले जन्म दर्ता बनाएको स्थानिय पञ्जीकरण विवाग अनर्तगत भगवतीमाई गाउँपालिका सेवा इकाईका फिल्ड सहायक नविन दाहालले बताए ।

भगवतीमाई गाउँपालिकाले बैशाख ४ गते वडा नं. १ बाट अभियानको शुरु गरेको छ । ४ गतेबाट सुरु भएको शिविर गाउँपालिकाका ७ वटै वडामा संचालन भएर बैशाख २२ गते सम्मन्न हुने गरी प्रत्येक वडामा २ दिनको समय दिएको जानकारी गाउँपालिकाले दिएको छ ।

एउटै वडामा ५७४ जनाको जन्म दर्ता

भगवतीमाई गाउँपालिकाबाट मिति २०७८ बैशाख ४ गते बाटसुरु भएको अधियानमा वडा नं. १ मा मात्र ५७४ जन्म दर्ताको लागि सुचना संकलन भएको छ । ४ र ५ गते वडा नं. १ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालय कुम्री र स्वास्थ्य चौकी पगनाथमा संचालन शिविर ५सय ७५ जन्म दर्ताको सुचना संकलन भएको हो ।

‘‘कोही नछुटौँ, कोही नदोहोरिऔँ’’ भन्ने नाराका साथ संचालन भएको राष्ट्रिय अधियानमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शिविरमा जन्म दर्ता ५७४, मृत्यु दर्ता ४३, विवाह दर्ता १३३ र सम्वन्ध विच्छेद १ गरी जम्मा ७५१ घटना दर्ताको लागि सूचना संकलन गरिएको गाउँपालिका सुचना अधिकारी प्रेमबहादुर खड्काले जानकारी दिए ।

 

समाचार