जिल्ला प्रशासन कार्यालय दैलेखद्धारा सेवा प्रवाह बन्द
दैलेख ः जिल्ला प्रशासन कार्यालय दैलेखबाट प्रवाह गरिने सेवा बन्द गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण र सोको नयाँ भेरियन्ट नेपालमा समेत फैलिन गई मानवीय जन जीवनको क्षेति भैरहेको र पछिल्ला दिनहरुमा दैलेख जिल्लामा समेत संक्रमण तीब्र रुपमा बढि रहेको हुँदा संक्रमणलाई थप फैलिन नदिनको लागि जिल्ला प्रशासन कार्यलयबाट प्रवाह गरिने नियमित सेवा प्रवाह (शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा बाहेक) अन्य सबै सेवाहरु बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद देवकोटालै जानकारी दिए ।
यस्तो छ जिल्ला प्रशासनको सुचना ।




