Loading... आजः २०७८, ४ असार शुक्रबार

पुनः सपथ लिए कर्णालीका तीन मन्त्रीले

सुर्खेत । ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका तीन मन्त्रीले आज पुनः पद तथा गोपनीयताको सपथ लिएका छन् । एमाले सांसदको हैसियतमा सपथ खाएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधारमन्त्री अमरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कोलौनीले  पुनः सपथ खुवाएका हुन् ।

‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि एमालेले उनीहरुलाई सांसद पद खारेज गरेको थियो । पार्टीले निस्कासन गरेसँगै तीनैजना मन्त्री वैशाख १३ गतेदेखि पदमुक्त भएका थिए ।रातोपाटीबाट


सम्बन्धित समाचार