Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

पछिल्लो २४ घण्टामा ४ हजार ८९७ जनामा कोरोना पुष्टि

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ८९७ जनालाई संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण भएकोमा ४ हजार ८९७ जनालाई संक्रमण पुष्टि भएको हो।

जसमध्ये ४ हजार ७७४ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने १२३ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

हाल सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३७८ रहेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र २ हजार ४७ संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा १ हजार ४६४ जना, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जनामा संक्रमण पुष्टि भएको छ। आज ७७३ जना संक्रमणमुक्त भएका छन्।

 

समाचार