दैलेख अस्पतालमा ओपिडि सेवा बन्द
दैलेख ः बिश्वब्यापि महारमारिको रूपमा फैलिएको कोभिड–१९ भाईरसको सक्रमण जिल्लामा दिनानुदिन बढ्दै गएपछि सक्रमण फैलन नदिन भन्दै जिल्ला अस्पताल दैलेखले ओपिडि सेवा बन्द गरेको छ । दोस्रो लहरमा चलिरहेको कोरोनाले दैलेखमा सक्रिय सक्रमितहरू दिनानुदिन थपिन थालेपछि थप फैलन नदिन र सतर्कता अपनाउन जिल्ला अस्पताल दैलेखले बैशाख १७ गतेदेखि लागू हुने गरि ओपिडि सेवा बन्द गरेको हो ।
दैलेखमा २०७८ बैशाख १६ गते कोभिड –१९ रोगको ३९ जनामा पिसिआर जाँच गर्दा ना.न.पा. का २ जना र २८ जनाको एन्टेजेन बिधिबाट जाँच गर्दा ११ जना (ना.न.पा. ४, दुल्लु २,आठबिस २,नौमुले ३) जनामा कोरोना सक्रमण पोजेटिभ पुष्ठि भएसङ्गै जिल्लामा सक्रिय सक्रमितको सख्या ९० जना पुगिसकेको र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीमा समेत कोरेना सक्रमण पुष्टि भयसगै अस्पतालमा ओपिडि सेवा बन्द गरिएको खोप अधिकृत थिर राज रेग्मिले बताए । अस्पतालमा ओपिडि बाहेक अन्य सेवाहरू भने बन्द नहुने अस्पताल श्रोतले जनाएको छ ।




