काेराेनाले २७ बर्षिया गर्भवतिको मृत्यू
दैलेख ः दैलेखमा २७ बर्षिया गर्भवती महिलाको मृत्यू भएको छ ।
नारायण नगरपालिका वडा नं. ६ की २७ बर्षिया महिलाको शुक्रबार जिल्ला अस्पतालमा मृत्यू भएको हो । शुक्रबार विहाना ११ः ३० बजे भर्ना भएकी महिलाको अस्पताल पु¥याएको एक घण्टा मै मृत्यू भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिरप्रसाद रेग्मीले बताए ।
रेग्मीका अनुसार विरामी भएर अस्पताल पुगेकी महिलाको एक घण्टामै मृत्यू भएको र मृत्यू पश्चात् एन्टिजेन टेस्ट गर्दा पोजेटिभ देखिएकोले कोरोनाकै कारण मृत्यू भएको भन्न सकिन्छ । उनको बच्चा हुने समय चैत्र २८ गते हो भन्ने बुझ्नमा आएको छ ।
दैलेखमा शुक्रबार सम्म १ सय ८ जना सक्रिय संक्रमितको संख्या पुगेको छ । पछेल्लो समय २ जनाको मृत्यू भइसकेको छ । कोरोनाको कारण स्वास्थ्य सेवा कार्यालय दैलेखको ओपिडी सेवा सम्मेत अर्को सुचना नआए सम्मको लागि बन्द गरिएको अस्पताल स्रोतले जनाएको छ ।
