Loading... आजः २०७८ बैशाख २३, बिहीबार

दैलेख प्रशासनद्धारा जारी आदेशको उल्लङ्घन

जिल्लाको भगवतीमाई गाउँपालिकामा भौतिक पुर्वाधार बिकास मन्त्रीको स्वागत कार्यक्रमका सहभागिहरु । फोटो ः विनोद शाहीको फेसबुकबाट

दैलेख ः जिल्ला प्रशासन कार्यालय दैलेखद्धारा जारी गरेको आदेशको उल्लङ्घन भएको छ । जिल्लामा हुने गरेका सार्बजनिक कार्यक्रममै आदेशको उल्लङ्घन भएको भेटिएको छ । सनिबार भगवतीमाई गाउँपालिकामा भएको एक कार्यक्रममा प्रशासनको आदेश उल्लङ्घन भएको हो ।
नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय दैलेखले २०७८ बैशाख ७ गते नै स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पूर्ण रुपमा पालना गर्न निर्देशन जारी गरेको थियो । प्रशासनद्धारा जारी आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पु¥याउने व्यक्ति तथा संस्थालाई संक्रमण रोग ऐन २०२० अन्र्तगत कारबाही एवं सजाय हुने जिल्ला प्रशासन कार्यलय दैलेखद्धारा जारी गरिएको आदेश उल्लेख भईरहदाँ जिल्ला भित्र हुने विभिन्न कार्यक्रममा प्रशासनले जारी गरेको आदेश कागजमै सिमित देखिएको भगवतीमाई गाउँपालिकाका ३ का स्थानियले बताए ।
जिल्लाको चाुण्डाविन्द्रासैनी नगरपालिका वडा न ं५ मा विपन्न समूदायलाई जिविकोपार्जनका लागि बाख्रा वितरण कार्यक्रमा प्रदेश सभा सदस्य हिमबहादुर शाही उपस्थित कार्यक्रमा पनि प्रशासनको आदेश उल्लङ्घन भएको पाइएको छ ।

विपन्न समूदायलाई जिविकोपार्जनका लागि बाख्रा वितरण कार्यक्रमा प्रदेश सभा सदस्य हिमबहादुर शाही उपस्थित कार्यक्र फाेटाे ः तारा शाहीकाे फेसबुकबाट

जिल्ला प्रशासन कार्यालय दैलेखले जारी गरेको अदेशमा जिल्लास्थित सम्पूर्ण शैक्षिक संस्थाहरुमा पूर्व निर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
प्रशासनले हेल्थ क्लब, जीम खाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाट बजार रंगशालामा हुने दर्शन सहितको खेलकुद तथा मनोरञ्जनात्मक क्रियाकलाप र मानिसहरुको भीडभाड हुने सबै प्रकारका कार्यक्रमहरु बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिइएको छ ।
प्रशासनले सार्वजनीक कार्यक्रमा २५ जना भन्दा बढि भेला नहुन आदेश दिए पनि जिल्लामा हुने कार्यक्रमा ५० जना भन्दा बढि व्यक्तिको उपस्थिती हुने गरेको छ ।
कोरोना माहामारी उग्ररुपमा फैलिएकाले सरकारले भिडभाड नगर्न, जम्मा नहुन र आबश्यक मपदन्ड पालना गर्ने निर्देशन दिएको छ । गाउँमा सर्वसाधारण, निरक्षरले सम्म लकडाउन भन्छन् । मन्त्री अनबिग्ज्ञ हुनुभएको भगवतीमाई गाउँपालिका तेजबहादुर नेपालीले सामाजिक संजालमा राखेका छन् ।

भगवतीमाई गाउँपालिकाका स्थानिय बिनोद शाहीले कर्णाली प्रदेश सरकार भौतिक पुर्वाधार बिकास मन्त्री अमर थापाबाट कोरोना माहामारिको समयमा भगवतीमाई गाउँपालिकामा मेला लगायकोमा उच्च सम्मानका साथै बधाई दिएका छन् । उनि लेख्छन एकातिर मानिस हस्पिटलमा बेड पाईरहेका छैनन् अक्सिजनको कमि छ स्वास्थ्यकर्मीले हात खडा गर्नुपर्ने अवस्था आयको छ अर्काे तिर यो मेला जिम्मेवार मानिसबाट योत समाजका सचेत नागरिकले मुल्यांकन गरेका होलान खैर यो बिषयमा धेरै नबोलम । भगवतीमाई गाउँपालिकाले प्रदेश सरकार संग बिभिन्न योजनामा बजेट मागेछ त्यसमा फेरि पनि क्यामपस परेनछ र अन्य योजनामा सरदर कर्णाली सरकारको बजेट लगभग २०% नै माग्न भ्याउनु भएछ यो कति सम्भावना छ कर्णाली प्रदेशका जिल्ला कति स्थानीय तह कति यो बजेट पर्ने सम्भाना कति यो जनताले सोच्नु पर्ने बिषय हो योजना पर्नु अघि उपभोक्ता समितिका लागि हान थाप चाहिँ नगर्नुहोला । अन्तमा विभिन्न सिर्सकमा बजेट मागेको पासहोस म पनि त्यहि गाउँपालिका भित्र बस्ने भएकाले सुभकामना । बजेट भने जोड्दा १ अर्ब २५ करोड ७६ लाख हुन्छ यो सम्भावना कति जनता जनार्दनले सोच्ने बिषय हो ।