Loading... आजः २०७८ बैशाख २३, बिहीबार

एमालेको स्थायी कमिटी बैठकमा लुम्बिनी प्रदेशको राजनीतिबारे ओलीको ब्रिफिङ

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । आइतबार आकस्मिक बसेको स्थायी समिति बैठकमा लुम्बिनी प्रदेशलगायतका बारेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेका छन् ।

बैठकले कोरोना महामारी रोकथाम र निर्णयका विषयमा पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको नेता सुवास नेम्वाङले  खबरवाणीलाईजानकारी दिए ।

उनले भने, ‘बैठकले कोरोना रोकथाम थप गम्भीरतापूर्वक लाग भनेर सरकारलाई ध्यानाकर्षण गर्यो । आफ्नो पार्टी पङ्क्तिलाई पनि अझ बढी क्रियाशील भएर कोरोना नियन्त्रण अभियानमा संलग्न हुन आह्वान गरेको छ ।’ खबर वाणी