जबरजस्ती करणीको आरोपमा २८ बर्षिय पुरुष पक्राउ
दैलेख ः दैलेखमा जबरजस्ती करणीको आरोपमा २८ बर्षिय पुरुष पक्राउ परेका छन् ।
जिल्लाको दुल्लू नगरपालिका वडा नं.९ का २८ बर्षिया तेजबहादुर रोकायले नजिकै की १३ बर्षिया बालिकालाई बैशाख १६ गते घर नजिकैको जंगलमा काफल खाना गएको अवस्थामा हातले मुखथुनी जवरसस्ती करणी गरेको भन्ने सुचनाको आधारमा आइतबार निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) अनुपम श्रेष्टले खबर वाणीलाई बताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार डितको तर्फबाट आमाले दिएको जाहेरी दरखास्तको आधारमा रोकायलाई पक्राउ गरि जिल्ला अदालत दैलेखबाट १० दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको छ ।





