Loading... आजः २०७८ बैशाख २३, बिहीबार

दशवटै जिल्लामा एक–एक करोड संगै दैलेख अस्पताललाई थप ५० लाख

दैलेख ः कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचारका लागि कर्णालीका १० वटै जिल्लामा एक÷एक करोड रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन आपूर्तिलगायतको व्यवस्थापन गर्न प्रत्येक जिल्लामा एक करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले कोरोना रोकथाम तथा उपचारमा देखिएका समस्या समधान गर्न बजेट तत्काल पठाइने निर्णय गरेको खबर वाणीलाई जानकारी दिइन् ।
अनुसार प्रत्येक जिल्लामा एक÷एक करोड, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुमपश्चिममा थप एक÷एक करोड बजेट पठाइने छ । यस्तै मेहेकुना अस्पताल सुर्खेत र दैलेख अस्पतालमा ५०÷५० लाख रुपियाँ पठाउने निणए भएको छ ।
बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध कोषबाट ५० करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको र यस अघि प्रदेश सकारले कोरोना रोकथाम तथा उपचारका लागि विकास बजेट कटौती गरेर एक अर्बको कोष स्थापना गरेको थियो ।