Loading... आजः २०७८ बैशाख २३, बिहीबार

आर्थिक रुपले पछाडी परेकालाई पुनर्जागरण तालिम

दैलेख ः जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं. ५ र ६ का आर्थिक रुपले पछाडी  परेकालार्इ १ महिने सिलाई कटाई पुनर्जागरण तालिम दिइएको छ ।
अष्ट्रेलियन एड, करितास अष्ट्रेलिया, करितास जर्ननी, कारीतास नेपालको आर्थिक सहयोग तथा भगवतीमाई गाउँपालिकको समन्वयम एकता फउण्डेशन नेपालको आयोजनामा नेपाल कोभिड(१९ आर्थिक पुर्नलाभ परियोजना र बालबालिका तथा युवा सशक्तीकरण कार्यक्रमको सयुक्त लगानिमा १ महिने पुनर्जागरण तालिम दिइएको एकता फउण्डेशन नेपाल कार्यक्रम अधिकृत जनकप्रसाद अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार भगवतीमाई गाउँपालिका वडा नं. ५ र ६ का आर्थिक रुपमा विपन्न, पहिले तालिम लिएका तर विविध कारणले तालिम पुरा गर्ने नसकेका र तालिम लिएर पनि सिलाई कटाइको लागि चाहिने मेसिन लगाएतका अन्य सामाग्री नभएर बसि रहेका ९ जनालाई पनर्जागरण तालिम दिईएको हो । १ महिने तालिम संगै उनिहरुलाई चाहिने २० हजार रकम बराबरका मेसिन औजार सम्मेत दिएकोले उनिहरुले गाउँमै सिलाई कटाई सम्बन्धिका काम गर्ने सक्छन् ।
आइतबार तालिममा सहभागिहरुलाई प्रमाणपत्र दिने एक कार्यक्रममा बोल्दै वडा नं. ६ का वडा अध्यक्ष विरशंकर रोकायले तालिम लिएर मात्र नहुने भएकाले तालिम लिए पछि लगातार तालिमको सदुपयोग गर्न सकेमा मात्र तालिम लिएको उपलब्धि हुने बताए ।
चैत्र ३ गते शुरु भएको तालिम बैशाख ३ गते नै सकिएको थियो । तालिम लिएकी भगवतीमाई–५ की मिना मगरले पहिले ३ महिने तालिम लिएको भए पनि तालिम लिदाँ धेरै कुराको अपुग भएको महसुस आफुले गरेको बताइन, उनले भनिन् ३ महिनाको तालिम लिँदा केही सिप सिकेको तर यस पटकको तालिमले धेरै कुरा सिकाएको छ ।