Loading... आजः २०७८, ५ असार शनिबार

लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ (१जना दैलेखका)

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बुधबार २२ गते दिउँसो विषेश सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोको टोली र जिप्रका खटिएको प्रहरी टोलीले सुर्खेत वीरेन्द्रनगर नयाँ बसपार्कमास्थित सुनिता होटलको अण्डर ग्राउण्ड कोठामा जिल्ला दैलेख डुङ्गेश्वर गाउँपालिका–७ का २५ वर्षीय हिमाल आले मगर र वीरेन्द्रनगरपालिका– ४ का १९ वर्षीय धिरज खत्रीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनक शाहीले बताए ।
उनका अनुसार उनीहरुको साथबाट ८ ग्राम १ सय ५० मिलिग्राम लाग्रूऔषध ब्राउनसुगर बरामद भएको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (नेपाल प्रेसबाट)


सम्बन्धित समाचार