एभरेष्ट क्लव दैलेखद्धारा दुल्लू नगरपालिकालाई आपतकालिन प्रतिकार्य सामग्री
दैलेख ःतयार नेपालको आर्थिक सहयोग र एभरेष्ट क्लव दैलेखको सहजिकरणमा दुल्लू नगरपालिकामा कोभिड – १९ सम्वन्धी आपतकालिन प्रतिकार्य सामग्री सोमवार वितरण गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड – १९ ¬) संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रयोग गरिने स्वास्थ्य सामग्री एभरेष्ट क्लव दैलेखले दुल्लू नगरपालिकालाई सहयोग गरेको छ । एभरेष्ट क्लव दैलेखका कार्यकारी निर्देशक कमल बहादुर खड्काका अनुसार सर्जिकल मास्क चार सय बक्स , ग्लोभ्स २० वक्स , सेनिटाइजर एक हजार एमएल को ४० वोतल , पिपिइ सेट ९० थान र थर्मल गन १५ वटा रहेका छन ।
यस्तै एभरेष्ट क्लव दैलेखले ६ जना स्वास्थ्य कर्मी स्वयम सेवक पनि खटाएको छ । स्वयम सेवकहरुले दुल्लू नगरपालिकामा कोरोना पोजेटिभ भएका विरामीलाई निरन्तर सल्लाह सुझाव उनीहरुका गुनासाहरु संकलन गरिने छ । दुल्लू नगरपालिकामा कोभिड – १९ सम्वन्धी जानकारी तथा सहयोग उपलब्ध गराउनको लागि कोभिड – १९ सहायता कक्ष स्थापना गरिएको छ ।
तयार नेपाल अन्तरगत एभरेष्ट क्लव दैलेखले स्थानिय सरकारको विपद जोखिम न्युनीकरण सम्वन्धी क्षमता विकास संगसंगै विपद पूर्व तयारी प्रतिकार्य योजना तर्जमा तथा कार्यन्वयन , विपद समयमा गरिने उद्धार र विपद पश्चात सामाजिक आर्थिक पुनर्लाभ गर्ने खालका क्रृयाकलाप संचालनको लागि सहजिकरण गर्दै आएको एभरेष्ट क्लव दैलेखका अध्यक्ष दिपक शाहीले जानकारी दिए । सामग्री हस्तान्तरण गर्दै आगामी दिनमा पनि स्थानिय तहसंग सहकार्य र सम्मन्वय गर्दै अघि बढ्ने अध्यक्ष शाहीको भनाइ रहेको छ ।
सामग्री वितरण कार्यक्रममा दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले यस्तो महामारीको समयमा दातृ निकायको सहयोगलाई धन्यवाद दिदैं आगामी दिनमा अझैं प्रभावकारी कार्य हुनेमा आफु विश्वस्त रहेको बताए । नगर प्रमुख भण्डारीले दुल्लू नगरपालिकाका सबै वडामा स्वास्थ्य परिक्षण कार्य गरिरहेको बताएका छन् ।उनका अनुसार कोरोना पोजेटिभ विरामीहरुलाई नगरपालिकामा उपलब्ध औषधी कसैलाई अपुग हुन दिइने छैन् ।
कोभिड – १९ सम्वन्धी आपतकालिन प्रतिकार्य सामग्री एभरेष्ट क्लव दैलेखका अध्यक्ष दिपक शाहीले दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीलाई हस्तान्तरण गरेका हुन वितरण कार्यक्रममा दुल्लू नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाही , विपद फोकल प्रसन समशेर बहादुर शाही , दुल्लू नगरपालिकाका स्वास्थ्य संयोजक विश्णु बहादुर शाही ,एभरेष्ट क्लव दैलेखका कार्यक्रम संयोजक चन्द्र बहादुर खड्काको सहभागिता रहेको थियो ।




