Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

देशभर कति भेन्टिलेटर, आइसीयू, एचडीयू र अक्सिजन प्लान्ट थपिए?

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारोना महामारीको समयमा आईसीयू, भेन्टिलेटर, एचडीयू, अक्सिजन प्लान्ट लगायतका मेसिन उपकरण तथा पूर्वाधार थप गरेको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार २०७७ साल वैशाखमा ३२७ वटा मात्र भेन्टिलेटर रहेकोमा हाल ९०४ वटा पुगेको छ।

मन्त्रालयले एकवर्षमा ५७७ वटा भेन्टिलेटर थप गरेको दाबी गरेको छ। यस्तै १८० वटा भेन्टिलेटर थप गर्ने प्रक्रिया शुरू भइसकेको पनि मन्त्रालयले जनाएको छ।

यसैगरी, गतवर्षको वैशाखमा २ हजार ६०० आइसीयू बेड संख्या रहेकोमा एक वर्षमा ४०० थप गरी ३ हजार पुर्‍याइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले ६३० वटा आइसीयू थप गर्ने प्रक्रिया पनि अघि बढाएको जनाएको छ।

मन्त्रालयका अनुसार लिक्विड अक्सिजन ट्यांक संख्या ३ वटा रहेकोमा २७ वटा थप गर्ने  प्रक्रिया अगाडी बढाइएको छ।

एकवर्षको अवधिमा ९०० अक्सिजन कन्सनट्रेटर थप गरिएको र ५ हजार अक्सिजन सिलिण्डर थप गरिएको  मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरी सरकारी तथा निजी अस्पतालहरूमा कोभिड–१९ उपचारका लागि १५७ अस्पतालहरू सूचीकृत गरी सञ्चालनमा ल्याइएको छ।

निजी क्षेत्रका ४५ अस्पतालहरूसँग सम्झौता गरी परिचालन गरिएको छ। यी अस्पतालहरूमा नि:शुल्क उपचार व्यवस्था मिलाइएको र  २०७८ वैशाखमा मात्र उपचारको लागि ४५ करोड सोध भर्नाको गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपाल लाइभबाट

समाचार