भगवतीमाईले खोलेगाडिमा कोरोनाको परिक्षण
दैलेखः जिल्लाको भगवतीमाई गाउँपालिकाले पालिकाको केन्द्र नजिकै रहेको खोलेगाडीमा कोरोना परिक्षण गर्ने भएको छ ।
गाउँगाउँमा गएर परिक्षण गरेपछि अब भने गाउँपालिका भरीको एक ठाउँबाट मात्र परिक्षण गर्ने भएको हो । कोही विरामी भएमा खोलेगाडीमा सार्वजनीक बिदाको दिन बाहेका सबै दिन बिहाना १० बजे देखि साँझ ५ बजे सम्मा कोरोना परिक्षण ब्यवस्था मिलाएको गाउँपालिका स्वास्थ्य शाखा टिकाराम विष्टले पंचकोशीलाई जानकारी दिए ।
उनले भने गाउँपालिका भित्रका कोही संकाष्पद कोभिड बिरामी वा ज्वरो, रुघाखोकी लगाएतका बिरामीका लागि एन्टिजेनट र पिसिआर स्वाव कलेक्सन गरिने छ । पिसिआर रिपोर्टको लागि स्वास्थ्य सेवा कार्यालय दैलेख पठाउने ब्यवस्था मिलाएका छौँ विदाको दिन बाहेक अन्य दिन टेस्ट गर्ने ब्यवस्था छ । जसको लागि सम्पुर्णा स्वास्थ्य चौकीहरुलाई कोभिडको आसंका लागेका विरामिलाई त्यहाँ पठाउनको लागि पत्राचार परिसकेको छ ।
कोरोनाले देशनै आक्रान्त भएको समयमा गाउँपालिकाले सकरात्मक पहल चालेको र गाउँपालिकाका नागरिको सेवामा खटिएको बताउँदै डाक्टर प्रभाकर यादबले आफुले बिरामीको लागि सक्दो सलाह दिदै कोरोनाका बिरामीको अवस्था हेरी अक्सिजन सहित आसुलेसनमा राख्नुपर्ने भए , राख्ने जनाकारी दिए ।




