एकै दिन ६ हजार ७१६ संक्रमितले कोरोनालाई जिते, निको हुने दर ७६.९ प्रतिशत
काठमाडाैं- नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप छ हजार ७१६ जनाले कोरोना भाइरसलाई जितेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाभित्र उनीहरु संक्रमणमुक्त भएका हुन्। उनीहरु विभिन्न अस्पतालमा उपचाररत र आइसोसेसन सेन्टर तथा होम आइसोलेसनमा रहेका थिए।
यससँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या चार लाख ११ हजार ६०३ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमित भई निको हुनेको दर ७६.९ प्रतिशत रहेको छ।




