Loading... आजः २०७८, ४ असार शुक्रबार

“माया गरम्ला” सार्वजनिक(भिडियो)

काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला,नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

यसै सन्दर्भमा पछिल्लो समय निकै नै भाईरल नयाँ गायिका अर्थात दोहोरि च्याम्पियनबाट निकै नै चर्चा कमाएकी गायिका रीता रावत र सबिन आचार्यको स्वरमा पहिलो गीत “माया गरम्ला” गीतको भिडियो कमल सरगमको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । यस गितमा संचारकर्मी कमल सरगमले उत्कृष्ट शब्द कोरेका छन् भने अर्का संचारकर्मी गोबिन्द पंगेनीले संगित भरेका छन् ।

बिनोद बाजुरेलिको संगीत एरेन्ज रहेको गीतको म्युजिक भिडियो निर्देशन तथा परिकल्पना काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र रितेश थापाले गरेका हुन् । बिनोद बमले सम्पादन गरेको म्युजिक भिडियोमा गायिका रिता रावत,सबिन आचार्य,कमल सरगम,बिनोद बम,श्रीराज गौतम लगायत भिडियोमा देखा परेका छन् । गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :


सम्बन्धित समाचार