स्वास्थ्यकर्मी आक्रमणमा परेपछि जनार्दनको टिप्पणी– सत्ताको अराजकता सबैतिर फैलन थाल्यो
काठमाडौं । महामारीको समयमा अग्रपंक्तिमा खटिएका चिकित्साकर्मीमाथि बारम्बार आक्रमणको घटना भइरहेको भन्दै माओवादी केन्द्रका नेता जनार्दन शर्माले उनीहरूको सुरक्षाको माग गरेका छन् ।
भेरी अस्पतालमा कोरोना संक्रमितको निधनपछि आक्रोशित आफन्त स्वास्थ्यकर्मीमाथि नै आक्रमणमा उत्रिएपछि उनले सरकारलाई गम्भीर बन्न आग्रह गरेका हुन् ।
“महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरूमाथि वार्डमै आक्रमण गर्नु जघन्य अपराध हो,” उनले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्, “ उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन गम्भीर विषय बनेको छ । दोषीमाथि कारबाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस् ।”
उनले सत्ताको अराजकता सबैतिर फैलिन थालेको टिप्पणी गरेका छन् । “म स्वास्थ्यकर्मीको साथमा छु,” उनले भनेका छन् ।




