Loading... आजः २०८२, १ मंसिर आईतवार

अर्धबार्षीक परीक्षाको आधारमा अन्तिम नतिजा

दैलेख : दैलेखको गुराँस गाउँपालिकाले अर्धबार्षिक परिक्षाको नतिजालाई आधार मानेर कक्षा १ देखि ९ सम्मको बार्षिक नतिजा प्रकाशन गर्ने भएको छ । गाउँपालिका भित्रका विद्यालयले यस अघि सञ्चालन गरेको अर्धबार्षीक परिक्षालाई आधार मानेर बार्षीक नतिजा प्रकाशनको गरिने भएको हो ।

बार्षीक नतिजा प्रकाशनको जिम्मा विद्यालयहरुलाई नै दिईएको छ । गाउँपालिकाले बार्षीक नतिजा प्रकाशनका लागि पत्राचार समेत गरिसकेको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण गुराँस गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको बार्षीक परीक्षा सञ्चालन हुन नसकेपछि अर्धबार्षीक परिक्षाको नतिजालाई आधार मानेर बार्षीक नतिजा प्रकाशनको गर्ने निणर्य भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यले जानकारी दिए ।

बिहीवार बसेको गाउँ शिक्षा समितीको बैठकले यस्तो निणर्य गरेको हो । निर्णय अनुसार गाउँपालिका भित्र रहेका सबै विद्यालयलाई गरिएको पत्राचारमा भनिएको छ ‘हाल कोभिड–१९ को संक्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा भौतिक रुपमा विद्यार्थीहरुलाई उपस्थित गराई परिक्षा सञ्चालन गर्न   सकिदैन् ।’

भौतिक रुपमा विद्यार्थीहरुलाई उपस्थित गराई परिक्षा सञ्चालनको अवस्था नभएकाले विद्यालयहरुले यस अघि सञ्चालन गरेको अर्धबार्षीक परिक्षाको नतिजाको आधार मानेर कक्षा १ देखि ९ सम्मको बार्षीक नतिजा प्रकाशन गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार विद्यालयहरुले अर्धबार्षिक परिक्षाको नजिताका आधारमा बार्षीक नतिजा तयार गरेर जेठ मसान्तसम्म प्रकाशन गर्नेछन् । ज्वाला संदेशबाट 

No photo description available.