Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

कोरोनाको कारण भगवतीमाईमा एकको मृत्यु

दैलेख ः जिल्लाको भगवतीमाई गाउँपालिकामा कोरोनाको कारण एक जनाको मृत्यु भएको छ । यस गाउँपालिका वडा नं. ५ घर भई हाल बेस्तडा बजारमा बस्दै आएका ६३ बर्षिय शेर बहादुर चन्दको मृत्यु भएको हो ।
एक सातादेखि पखाला लागे पनि उपचारमा लापरभाई गरेका कारण उनको मृत्यु भएको डाक्टर प्रभाकर यादबले जानकारी दिए । उनका अनुसार चन्द केही दिन अडागि बाटै बिरामी भए पनि चेकजाँच गराउन ढिला आएको कारण उनको मृत्यु भएको हो । बिरामीको अवस्था जटिल भएपछि शनिबार विहाना ९ बजे एन्टिजेन्ट विधिबाट कोरोना चेक गर्दा पोजेटिभ आएको थियो ।
डाक्टर सहितको टोलिले घरमै गएर उनको चेकजाँच गरे पनि अवस्था जटिल भएको भन्दै कोरोना अस्पतालमा लिन सल्लाह दिएको थिए । डाक्टरको सल्लाह बमोजिम अस्पतालमा लिदै गर्दा बाटोमै उनको मृत्यु भएको डाक्टरको भनाई छ । दैलेखमा यो संगै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।
दैलेखमा हाल शुक्रबार सम्ममा कोरोना पोजेटिभ हुनेको संख्या २ हजार ८ सय ३७ जना रहेका छन् जस मध्य २ हजार ७४ जनाले कोरोनालाई जितेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्लामा ७ सय ४१ जना सक्रिय सक्रिय मध्य ३२ जनामात्र जिल्ला अस्पतालको आइसुलेशनमा छन् ।

समाचार