Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

फ्रन्टलाइनरका लागि एक करोड राशीको सम्मान घोषणा

काठमाडौं ः बारबरा फाउण्डेसनले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरुका लागि १ करोड १ रुपैयाँ  राशीको सम्मान घोषणा गरेको छ ।

फाउण्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड महामारी विरुद्ध अग्रपंक्तिमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारी लगायत एम्बुलेन्स चालकका लागि विशेष सम्मानको घोषणा गरेको जनाएका छन् ।

उक्त सम्मानका लागि  कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेले  एक करोड रुपैयाँ प्रदान गरेको बारबरा फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले सरकारी, सामुदायिक वा गैर नाफामूलक संस्था वा त्यसमा कार्यरत स्वास्थ्यकर्मी मध्येबाट निष्पक्ष छनौट गर्नको लागि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. भगवान कोइरालाको अध्यक्षतामा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलगायत रहेको निर्णायक समिति गठन गरेको छ ।

वारवरा फाउन्डेसनले गत वर्ष पनि समाजका विभिन्न क्षेत्रमा कार्यरत अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई विशेष सम्मान प्रदान गरेको थियो ।

समाचार