थापाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं। विवेशील साझा पार्टीका नेता उज्ज्वल थापाको मंगलबार निधन भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्तब्ध भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली पनि दिएका छन् । “विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको छु । दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ,” उनले भनेका छन् ।




