हाल १८४२ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा
काठमाडौं- देशभर हाल १ हजार ८ सय ४२ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्। १ हजार ४ सय ४४ आईसीयू र ३९८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १ हजार ८ सय ३१ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा २२१ आईसीयू र ५७ भेन्टिलेटरमा, प्रदेश २ मा ११३ आईसीयू र २२ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७२६ आईसीयू र २५६ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा १३९ जना आईसीयू र २३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६९ जना आईसीयू र २५ जना भेन्टिलेटरमा, कर्णालीमा ४६ जना आईसीयू र ५ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३० जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ५९६ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा छन्।
सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १९ आईसीयू र ९ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आईसीयू र ४ भेन्टिलेटरमा, वीर अस्पतालमा १४ आईसीयू र ५ भेन्टिलेटरमा, राष्ट्रिय ट्रमा सेन्टरमा १० आईसीयू र ६ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा ३० आईसीयू र २० भेन्टिलेटरमा छन्।




