Loading... आजः २०८२, ३ जेष्ठ शुक्रबार

दैलेख अस्पताललाई अक्सिजन फ्लोमिटर सहयोग

दैलेखः रोजगारीको सिलसिलामामा अमेरिकाको भर्जिनियामा बस्दै आएकी समाजसेवी जयन्ती कुमारी थापाको सहयोगमा स्वास्थ्य सेवा कार्यालय दैलेखलाई अक्सिजन फ्लोमिटर हस्तान्तरण गरिएको छ । दैलेखको नारायण नगरपालिका–२ जन्मघर भईअमेरिकाको भर्जिनियामा बस्दै आएकी समाजसेवी जयन्ती कुमारी थापाको सहयोगमा स्वास्थ्य सेवा कार्यालय दैलेखलाई ६ थान अक्सिजन फ्लोमिटर प्रदान गरिएको हो ।
अक्सिजन फ्लोमिटर शिक्षक तथा कलाकार लोकेन्द्र जिसी कुमारले स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थीरप्रसाद रेग्मीलाई हस्तान्तरण गरेका छन् ।
शिक्षक तथा कलाकार जिसिले सङ्कटका घडीमा मानवीय सहयोगका लागि अग्रसरता देखाएकोमा जयन्ती कुमारी थापाको सहयोग प्रति कृतज्ञता प्रकट गर्दै सबैको सहयोग र सहकार्यबाट मात्रै महामारीबाट हुने सम्भावित जोखिमलाई न्युनीकरण गर्न सकिने विश्वास व्यक्त गरे ।
कोरोना विरुद्धको यस लडाईमा आम जनतालाई ब्यक्तिगत रुपमा सामाजिक सहयोग गर्ने उद्देश्यका साथ तीव्र संक्रमण फैलिरहेकोबेला संक्रमितले अकालमै ज्यान नगुमाओस भन्दै अक्सिजन फ्लोमिटर सहयोग गरेको समाजसेवि जयन्ती कुमारी थापा बताईन् ।