संवैधानिक इजलासमा न्यायाधीशहरुको आन्तरिक छलफल शुरु
काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा दुईजना कानुन व्यवसायीको बहस सुनेर न्यायाधीशहरूले आन्तरिक छलफल शुरु गरेका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमा वरिष्ठ अधिवक्ता शम्भु थापा र वरिष्ठ अधिवक्ता महादेव यादव बहस सुरु गरेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
बहसको सुरुमै अभिवक्ता थापालाई न्यायाधीश ईश्वर सोधेका थिए, ‘अन्तरिम आदेश पनि माग्नुभएको छ, अन्तरिम आदेश दिने आधार के छ र’ जसमा थापाले विश्वासको मत नै नलिएको प्रधानमन्त्रीले विघटन गर्नै नपाउनेसहितका आधारहरू प्रस्तुत गरेका थिए ।








