Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

राउटे किशोरीहरुमाथि दुर्व्यवहारसम्बन्धी सामग्रीको प्रेस काउन्सिलले अनुगमन गर्ने

प्रेस काउन्सिल नेपालले सुर्खेत गुर्भाकोटका राउटे किशोरीहरुमाथि भएको यौन दुर्व्यवहारवारे केही मिडिया तथा सामाजिक सञ्जाल (खासगरी युट्युब च्यानल) मा आएका अतिरञ्जित भिडियो तथा तस्वीर प्रकाशनको अध्ययन गर्ने भएको छ ।

आचारसंहिता अनुगमन उपसमितिको बैठकले पीडितलाई थप पीडा पुर्याउने,व्यक्तिको गोपनीयतामाथि प्रतिकूल असर पार्ने, किशोरीकै समुदायभित्र सामाजिक विभेद एवम् घृणा उत्पन्न गराउने र व्यक्तिको सुरक्षामा समेत खतरा उत्पन्न गराउने काम भएको औंल्याउँदै अध्ययनको निर्णय गरेको हो ।

समाचार