Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

जिर्ण विद्यालयमा बढ्न बाध्य विद्यार्थी

दैलेख ः जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं १ मा पर्ने रामडाँडाका विद्यार्थीहरु जिर्ण विद्यालयमा पढ्न बाध्य भएका छन् । महादेव प्राथमिक विद्यालयको भवन जिर्ण बन्दै गएकोले उनिहरु जिर्ण विद्यालयमा पढ्न बाध्य भएका हुन् ।
गाउँपालिकाका स्थानिहरुले विद्यालयको जिर्ण अवस्था देखेपछि सामाजिक संजालहरुमाल विद्यालयको फोटो हालेर विद्यालयको अस्था जिर्ण हुदाँ सम्मेत सम्बन्धित निकाय मौन रहेको बताएका छन् । वि.सं २०४७ सालमा स्थापना भएको उक्त विद्यालय त्यस ठाउँका समुदायको लागि पहिलो पाठशालाका रुपमा स्थापित छ ।
कक्षा १ देखि ३ कक्षा सम्म अध्ययन हुने विद्यालय जिर्ण हुँदा विद्यार्थीहरु पढाइमा असर परेको छ । विद्यालयको फोटो हेर्दा लाग्छ त्यो विद्यालय नभई पशुचौपायाँ राख्ने गोठ जस्तो देखिन्छ । विद्यालयमा ३ जनाको दरबन्दी रहेको छ । विद्यालयको भौतिक भने गोठ जस्तो हुनु लज्जास्पत भएको स्थानियको गुनासो छ ।
स्थानियको गुनासो आएपछि विद्यालयको अवस्थाबारे प्रश्न गर्दा प्रधानाध्यापक सन्त बहादुर बस्नेतले सरोकारवाला समक्ष पटक–पटक ध्यानाकषर्ण गराएपनि पहल कदमी भने कसैले नलिएको गुनासो गरेका छन् । यता वडा नं १ का वडा अध्यक्ष मान बहादुर बुढाले विगतमा बर्षमा विद्यालयमा कतैबाट बजेटको व्यवस्था नभएकोले संरचना जिर्ण भएको र यो अर्थिक बर्षमा विद्यालयको लागि लागि ५० हजार रुपैयाँ विनियोजन गरिएको बताएका छन् ।

समाचार