Loading... आजः २०७८, १० श्रावण आईतवार

एमालेको विरोधबीच कर्णालीको नीति तथा कार्यक्रम पारित

सुर्खेत– कर्णाली प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतको आधारमा संसदबाट पारित भएको हो।

सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारित गरियोस् भनेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको प्रस्ताव बहुमतको आधारमा पारित भएको घोषणा गरेका हुन्। आज नेकपा (एमाले)ले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा उभिएन ह्पि जारी गरेको थियो।