Loading... आजः २०७८, ४ आश्विन सोमबार

महङ्गीले नागरिकको ढाड सेकियो, प्रशासनको अनुगमन झारो टार्ने काम

दैलेख ः दैलेख जिल्लाका नागरिकहरुको महङ्गीले ढाड सेकिएको छ । कोरोना माहामारीले गर्दा जिल्लामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको कारण नागरिकहरु घरमै बस्न बाध्य भएको समयमा दैलेखमा महङ्गी ह्वात्तै बढेर नागरिकको ढाड सेकिएको हो ।
यो महामारिको समयमा गरिएको बन्दाबन्दिले दैनिक उपभोग्यका सामानहरूको चर्काे रूपमा मूल्य बृद्धि भएको छ । बिश्वब्यापी महामारिको रूपले फैलिएको कोरोना भाईरसका कारणले निषेधाज्ञा जारी गरिएको दैलेख जिल्लामा बन्दाबन्दिको समयमा ब्यबसायिहरूले दैनिक उपभोग्यका सामाग्रिहरूमा कृत्रिम अभाव सृजना गरि उपभोक्ताको ढाड सेक्ने गरि मुल्यबृदि गरेका छन् ।
निषेधाज्ञाको कार्यान्वयन भए नभएको हेर्ने जिम्मेवारी पाएको स्थानिय प्रशासनले निषेधाज्ञाको पालना भए नभएको प्रभावकारी अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाको संयोजकत्वमा अनुगमन टोली बनाई जिल्लाका सबै स्थानिय तहहरूमा अनुगमनलाई तिब्रता दिएपनि बजारमा कृत्रिम अभावको सृजना गरी मूल्य बृद्धि भएको नियन्त्रण गर्न असफल भएको छ ।
स्थानिय केही ब्यक्तिहरू सामाजिक सन्जालमा प्रशासनले गरेको अनुगमनका बारेमा टिप्पणी गर्दै नेपाल पत्रकार महासघ दैलेखका पुर्व अध्यक्ष पुष्कर थापा आफ्नो सामाजिक सन्जालमा लेखेका छन–“अनुगमन गर्नु सर्हानिय कार्य हो, तर दैनिक उपभोग्य बस्तुको मुल्यको पनि अनुगमनमा बढि चासो दिए हुने चौध सय पर्ने खानेतेल तिन हजार पुगेको छ । बाँकि सबैको मूल्य उल्लेख नगरौ लकडाउन हो भनौ भने नियमित दैनिक उपभोग्य बस्तु ढ्वानि गर्न भनी प्रशाशनबाटै पास लिएको पनि लगत त्यहि होला ? उल्टो ती बस्तु ल्याउने भनी पास लिएका सवारी साधनबाट मदिरा बरामत गरेको प्रहरिले आफ्नो सक्रियता जनाएको भनी प्रशंसा सामाजिक सन्जाल मार्फत गरेको उत्तिकै देखिन्छ ? म्याद गुज्रेको मिति हेरे जस्तै मुल्यलाई पनि नजिकबाट हेरे सुनमा सुगन्ध हुन्थ्यो’’ उनी दुखेको पोख्छन् ।
यता डुङ्गेश्वर गाउपालिकाका युवा नेता राजु थापा पनि सामाजिक सन्जालमा आफ्नो दुखेसो पोख्छन, “गाडी भाडा अनुगमन हुदैन कि के हो ? तेस्तै नारायण नगरपालिका वाड न ं६ का युवा गोबिन्दराज रेग्मी पनि सामाजिक सन्जाल मार्फत अनुगमनका बारेमा आफ्नो आक्रोस यसरी ब्यक्त गर्छन् , “नाटक यसरी गरेको अनुगमनको काम छैन सिधै जनताबाट गुनासो लागि सिधै ब्यापारिलाई कार्वाही गर्नुपर्छ अनि मात्र अलि उपभोक्ताले राहत पाउँछन् अचाक्लि छ मूल्य’’ ।
कोरोना महामारीले देशनै बन्दाबन्दिको अवस्थामा छ, बन्दाबन्दिको प्रत्यक्ष असर दिनभरी कमाएर बिहान बेलुका छाक टार्ने बर्गहरूमा बढि प्रभाव परेको छ । दिनभर कमाएको रकमले बिहान बेलुका छाक टार्न धौ–धौ भएको समयमा यसरी दैनिक महङ्गी बढ्नुले उनिहरुको जिवन निर्वाह समेत हुन नसक्ने र मुल्य बृद्धिले सामाननै किन्न नसकिने र छाक टार्न समेत मुस्किल रहेको नारायण नगरपालिका वडा नं.–६ का ज्याला मजदुरी गरी खाने याम बहादुर सुनारले बताएका छन् ।
जिल्लामा दैनिक उपभोग्यका मालसामानहरूको मूल्य बृद्धि सङ्गै पहुँचका आधारमा सवारी पास लिएका ब्यक्तिगत सवारी साधन तथा सार्वजनिक सवारी साधनहरूले यात्रु ओसार पसार गर्दा साबिकको भाडाको तेब्बर भाडा असुलि गरीरहेका स्थानिय राजु थापा जानकारी दिए ।
निषेधाज्ञाको समयमा स्थानिय प्रशाशनले जिल्ला बाहिर भएका नागरिहरुले जिल्ला आउँन चाहेमा दैलेखबाट चल्ने बिभिन्न समितिका सार्वजनिक सवारी साधनहरूमा पासको ब्यबस्था गरेसङ्गै दैलेख नारायण नगरपालिका वाड न १ स्थायी घर भएका सवारी धनी गोपाल केसी आफ्नो सामाजिक सन्जालमा “दैलेख प्रशाशनले स्थानिय नौ वटा गाडिहरूलाई पासको ब्यबस्था गरेको छ कोरोनामा प्रशाशनले पास दिएका गाडिहरूलाई लाग्दैन र लाग्दैन भने हामिलाई पनि चाहियो पास भन्दै आक्रोस पोख्छन, उनी थप्छन् आफ्नो ब्यबसाय गरी खान पनि ठाउमा मान्छे पावर र पैसा चाहिने रहेछ’’ ।

नारायण नगरपालिका वडा नं ३ का यातायात व्यवसायी रबिन्द्र थापाले सामाजिक सन्जालमै गुनासो पोखेका छन् उनि लेखेका छन् प्रशाशनले निश्चित सार्वजनिक सवारी साधनहरूमा पास दिई आफुहरूलाई अन्याय गरेको छ । उनका अनुसार पहुँच भएका हुनेखाने बर्गका गाडिहरु पास लिई÷नलिई राता रात भएपनि गुडेकै छन् न उनिहरूलाई कोरोना लाग्ने न कुनै नियम कानुन हामी जस्तो सोझो ब्यबसायिको कोही आफ्नो मान्छे नभएको र गाडिमा समेत खिया लागि स्टार्ट पनि हुन सक्छ कि सक्दैन थाहा छैन, बैकले गाडिको किस्ताको लागि फोन गरिरहन्छन कमाई छैन् कहाँबाट बैकको किस्ता तिर्ने ।
यी केही प्रतिनिधिमुलक घटना मात्र हुन्, प्राय दैनिक जसो अनुगमनमा निस्कने स्थानिय प्रशासन सहितको जम्बो टोली अनुगमनमा निस्किय भने पनि प्रभावकारी रूपमा निषेधाज्ञाको उल्लघन, मुल्यबृद्धिमा भने खासै चासो नदिएको पाईएको छ । स्थानिय पहुँचवाला ब्यक्तिहरूलाई मात्र सवारी पास दिईएको महङ्गी नियन्त्रण गर्न नसकेको निषेधाज्ञाको पुर्ण पालना गराउन नसकिरहेको आरोप खेपिरहेको स्थानिय प्रशासन भने जिल्लामा निषेधाज्ञाको पालना भएको बताउछ ।
जिल्लामा निषेधाज्ञाको हदैसम्मको पालना नभएपनि छुटफुट बाहेक निधेषाज्ञाको पूर्ण पालना भएको र बजार अनुगमहरूमा तिब्रता दिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद देबकोटाको भनाई रहेको छ । उनका अनुसार दैनिक उपभोग्यका मालसामानहरूमा खासै मूल्य बृद्धि नभएको र सुर्तिजन्य पदार्थको हकमा बिक्रि बितरणमा चर्काे मूल्य बृद्दि भएको आफुहरूले खबर पाए पनि अनुगमनको क्रममा तेस्तो नभेटिएको देवकोटा बताउछन् । जिल्लाका सबै स्थानिय तहहरूमा अनुगमन सयोजकको टोलि सहितले जिल्लाका विभिन्न ११ वटै स्थानिय तहहरूमा प्रभावकारी अनुगमन गरिएको देवकोटाले पंचकोशीलाई बताए ।