Loading... आजः २०८३, १२ बैशाख शनिबार

माओवादीबाट गाउँपालिका अध्यक्ष, पार्टी परित्याग लगत्तै एमाले जिल्ला सचिव

पर्सा । माओवादी केन्द्रबाट चुनाव जितेर गाउँपालिका अध्यक्ष बनेका मनोज गुप्ता एमालेको जिल्ला सचिव बनेका छन् ।

पर्साको छिपरमाई गाउँपालिका अध्यक्ष गुप्ताले माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरे लगत्तै जिल्ला कमिटी सचिवमा मनोनीत भएका हुन् ।

गुप्ता २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।

माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेको प्रदेश २ कमिटी अध्यक्ष ज्वालाकुमारी साहले असार १० गते प्रदेश २ का ५ जिल्लाको अध्यक्ष तथा सचिव मनोनीत गरेकी छन् ।

उनी दुई हजार आठ सय ५१ मत प्राप्त गर्दै २०७४ को र्निाचनमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी इन्द्रासन साहले २ हजार ६९४ मत पाएका थिए ।

समाचार

सम्बन्धित समाचार