अदालतको अवहेलनासम्बन्धी प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा
काठमाण्डौ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ । अधिवक्ता उमेश प्रसादले मुद्दा दायर गरेका हुन । अदालतबाट विभिन्न चरणमा भएका आदेश तथा फैसलाको प्रतिकूल हुने गरी काम गरेको र अदालतलाई उल्टै धम्क्याउने काम गरेको भन्दै अधिवक्ता प्रसादले प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दायर गरेका थिए।
अदालतको आदेशको पूर्ण पाठ नआउँदै दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेको विषयले पनि अदालतको अवहेलना भएको अधिवक्ता प्रसादले बताए । संविधानको धारा ७७ को प्रतिकूल हुने गरी मन्त्रिपरिषद् विस्तार गरेको र देशको कार्यकारी प्रमुखले नै संविधानको प्रतिकूल हुने गरी काम गरेकाले देशका लागि गम्भीर असर पर्ने रिटमा दाबी गरिएको छ ।








